site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतरा’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको उनको भनाइ छ । पार्टी फुटाउने, राज्यका अंगहरू छिन्नभिन्न बनाउने काममा ओली लागेको उनको जिकिर छ । 

गुरुङले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था त्यो समयसम्म रहन्छ कि रहँदैन भन्ने चिन्ताको विषय रहेको बताए । 

न्युज एजेन्सी नेपालसँग काठमाडौंमा कुरा गर्दै महासचिव गुरुङले यो सदन ०८४ सम्मै सुचारु हुनेमा पनि आशंका व्यक्त गरे । प्रधानमन्त्री ओली शान्ति सम्झौताको विपक्षमा रहेको भन्दै गरुङले उनको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप लगाए । 

लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनैतिक दल आगाडि गए मात्र अहिलेको व्यवस्था बच्ने उनको भनाइ छ । 

अहिलेको लडाईं व्यवस्था जोगाउनका लागि हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनै पनि बेला शक्तिकेन्द्रको आडमा व्यवस्थामाथि प्रहार गर्नसक्ने उनको आशंका छ । —न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्