site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीको नेतृत्व लिएपछि कुनै गुट बनाउन लाग्नु हुँदैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनै पनि गुट बनाउन लाग्न नहुने बताएका छन् । शनिबार (साउन १७) काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पार्टीको नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर त्यसलाई मात्र माया गर्ने राम्रो नहुने उनले उल्लेख गरे । उनले पार्टीको नेता भइसकेपछि सबै सदस्यलाई समान व्यवहार गर्न सक्नुपर्नेमा जोड दिए ।

राजनीति कुनै स्वार्थ त्यागेर र समर्पण गरेर मात्र गर्न सकिने उनले बताए । स्वार्थबाट राजनीतिमा लागेको मानिसलाई राजनीतिक व्यक्तित्व भन्न नमिल्ने उनले टिप्पणी गरे ।

मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रदीप पौडेलको भनाइ पढ्नोस्–
पार्टीको नेतृत्व लिएपछि त्यहाँभित्र गुट छ, गुटको सीमित मानिसहरूलाई माया गर्ने, नेतृत्व भनेको त अभियानको नेता हो नि त ! त्यो अभियानलाई पूरा गर्न स्वार्थ त्यागेर सँगसँगै हिँडेको मानिस हो नि त ! राजनीतिक परिभाषाले भन्दा, स्वार्थले राजनीतिमा लागेको छ भन्दा राजनीतिको परिभाषाअनुसार उसले राजनीति गरेको मानिनु हुँदैन । हाम्रो नेतृत्व वा हाम्रो व्यवहारगत पक्षबाट निकै ठूलो त्रुटि छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्