site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको घोषणा : विकृति र विसंगतिविरुद्ध फेरि एकपटक आन्दोलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकपटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले पुनः एकपटक विसंगतिका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एकपटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको बताए । उनले पार्टी एकताबद्ध रहेको र अबदेखि अझ सुदृढ एकताको साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामूहिक संकल्प लिएको उल्लेख गरे ।

"देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति हाम्रो पार्टी, जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अघि थियो । यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ । पार्टी एकताबद्ध भएको छ । हामीले सामूहिक प्रतिबद्धता गरेका छौँ । अबदेखि अझ सुदृढ एकताको साथ, सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ । फेरि एकपटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ," प्रचण्डले भने ।

उनले कुलिङ पिरियड छेडखानीका दोषीलाई कारबाही गर्नेगरी समितिले प्रतिवेदन ल्याउने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्