site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ठूला दलको कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको कार्कीको दाबी
फाइल तस्बिर ।

काठमाडौं । राप्रपा सांसद एवं ‘कुलिङ अफ पिरियड’मा भएको बदमासी छानबिन गर्न गठित विशेष समिति  सदस्य रोशन कार्कीले ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताएकी छन् । 

विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कार्कीले ठूला दलका दम्भका कारण चाहेजस्तो निष्कर्ष निकाल्न नसकिएको बताएकी हुन् । 

उनले प्रतिवेदनमा नैतिकता भन्ने शब्द राख्ने विषयमा सहमति जुट्न नै दुई दिन लागेको जानकारी दिइन् । नैतिकता भन्ने शब्दसँग ठूला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठूलो दबाब  दिनुपरेको उनको भनाइ छ । 

कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दबाबले ‘कुलिङ अफ पिरियड’मा चलखेल गरेको पाइएको समेत बताइन् । 


 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्