राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुन्ले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच ‘साइडलाइन’ भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि उक्त सम्मेलनमा ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरूले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयक छलफलसत्रमा सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ १२:३९
प्रतिक्रिया दिनुहोस्