site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१० पार्टीको एक स्वर– राजनीतिक दल स्वमूल्यांकन कार्यविधि स्वीकार्य छैन (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२ प्रति राजनीतिक दलहरूले असहमति जनाएका छन् ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत १० दलले बिहीबार (साउन २२) संयुक्त विज्ञप्ति जारी गर्दै आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुर्‍याउँदै दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति अस्वीकार्य छ । अतः हामी राजनीतिक दलहरूले सामूहिक रूपमा यो कार्यविधि कुनै हालतमा स्वीकार्य छैन भन्ने साझा धारणा बनाएका छौँ ।”

१० दलले मस्यौदाप्रति संवैधानिक, कानुनी तथा राजनीतिक कारणसहित असहमति प्रकट गरेका छन् ।

विज्ञप्ति पढ्नोस्–

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्