काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कंदै छन् । यसैक्रममा ओली दुबई प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका छन् । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन सोमबार राति त्यसतर्फ गएका थिए ।