site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारलाई सांसद बडूको प्रश्न– नयाँ संसद् भवन पुस १६ सम्म बनिसक्नेमा विश्वस्त हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नयाँ निर्माणाधीन संसद् भवन आउँदो पुस १६ गतेसम्म सकिनेमा मन्त्रालय विश्वस्त हो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार (साउन २३) सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा उनले यस्तो प्रश्न गरेका हुन् ।

“यसपटक थपिएको अवस्थामा अब पक्का काम हुन्छ भन्ने विश्वस्त हो ? तपाईंहरू विश्वस्त हो भने यो पनि राम्रो हो । हामी अनुगमनमा गएका थियौँ,” उनले भने ।

सधैँ म्याद थप्ने तर काम समयमा नहुनु दुःखको विषय भएको उनले उल्लेख गरे । म्याद थपलाई प्राथमिकताभन्दा पनि कसेर काम अघि बढाउन जोड दिनुपर्ने उनले बताए ।

“हामीले थप्ने सुविधा खोजिरहेको हो कि कस्ने कुरा हो ? कसेर काम लिनुपर्ने कुरा प्राथमिकतामा हुनुपर्दथ्यो,” उनले भने, “क्यान्सिल गर्दा पनि समय लाग्छ । समस्या त त्यहाँ पनि छ । त्यो पनि जानकारी छ । थपेर पनि सकिन्छ भने सकियोस् भनेर हो ।”

सांसद बडूले नयाँ संसद् भवन निर्माणमा पनि ‘पेनाल्टी’ लगाएर काम गराउनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्