site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सूचना दिनेलाई अमेरिकाले पाँच करोड डलर दिने

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई दिइने इनाम राशिलाई दोब्बरले बढाएर पाँच करोड डलर पुर्‍याएको छ । अमेरिकी प्रशासनले मदुरोलाई विश्वका सबैभन्दा ठूला लागुपदार्थ तस्करमध्ये एक भएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मदुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मदुरोले पुनः सत्ता सम्हालेका थिए, जसलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरूपमा अस्वीकार गरेको थियो ।

अमेरिकी महान्याधिवक्ता पाम बन्डीले पहिले घोषित २.५ करोड डलरको इनामलाई अब दोब्बर गरिएको बताएका छन् । उनले मदुरो प्रत्यक्षरूपमा लागुपदार्थ तस्करीमा संलग्न भएका कारण यो कदम चालिएको बताएका छन् ।

भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ इनामलाई निरर्थक भन्दै यसलाई राजनीतिक दुष्प्रचारको संज्ञा दिएका छन् ।

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्