site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पकिस्तानको बलुचिस्तानमा ३१ अगस्टसम्म इन्टरनेटमा प्रतिबन्ध

काठमाडौं । पाकिस्तानको बलुचिस्तान राज्यमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ । बीबीसी उर्दू सेवाका अनुसार, पाकिस्तानको क्वेटासहित सम्पूर्ण बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

बलुचिस्तान सरकारका एक वरिष्ठ अधिकारीले सुरक्षा कारणले सम्पूर्ण प्रान्तमा मोबाइल इन्टरनेट सेवाहरू निलम्बन गरिएको बताए ।

नाम नखुलाउने सर्तमा ती अधिकारीले बीबीसी उर्दूसँगको कुराकानीमा यो कुराको पुष्टि गरका हुन् । उनले भने, “आतंककारी घटनाहरूको आशंकाका कारण सम्पूर्ण बलुचिस्तानमा ३१ अगस्टसम्म मोबाइल इन्टरनेट सेवा बन्द रहनेछ ।”

यसअघि, पनि बलुचिस्तानका केही क्षेत्रमा केही समयका लागि इन्टरनेट सेवा बन्द गरिएको थियो । तर, यसअघि सम्पूर्ण प्रान्तमा यसरी इन्टरनेट सेवा कहिल्यै बन्द गरिएको थिएन ।

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्