site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेलायतमा प्यालेस्टिनको समर्थनमा अयोजित सडक प्रदर्शनमा ५०० जना पक्राउ

काठमाडौं । बेलायतमा प्यालेस्टिनको समर्थनमा अयोजित सडक प्रदर्शनमा ५०० जना पक्राउ परेका छन् । 

सरकारको प्यालिस्टिन एक्सन संस्थामाथि हालै प्रतिबन्ध  लगाएपछि त्यसलाई चुनौती दिन उनीहरूले जानाजानी कानुन उल्लंघन गरेको बताइएको छ ।

शनिबार आयोजित कार्यक्रममा ५३२ जना पक्राउ परेका थिए । शनिबार पक्राउ परेकाहरूमध्ये अधिकांशलाई प्यालेस्टाइन एक्सन नामक समूहको समर्थनमा प्लेकार्ड प्रदर्शन गरेको आरोपमा पक्राउ गरिएको थियो । अन्य दश जनालाई प्रहरीमाथि आक्रमण र अवरोध गरेकोलगायत विभिन्न आरोपमा पक्राउ गरिएको थियो ।

यसैबीच, गाजामा बाँकी रहेका इजरायली बन्धकहरूको तत्काल रिहाइको माग गर्ने प्रदर्शनकारीहरूले आइतबार दिउँसो मध्य लन्डनमा आफ्नै मार्च गरेका छन् ।

प्यालेस्टाइन एक्सनका समर्थकहरूले सरकारले सो संगठनलाई प्रतिबन्ध लगाएर अभिव्यक्ति स्वतन्त्रतालाई गैरकानुनी रूपमा प्रतिबन्ध लगाएकोमा प्रदर्शन गरेका बताएका थिए ।

तर, गृह सचिव यभेट कूपरले यसलाई अस्वीकार गर्दै प्यालेस्टाइन एक्सनलाई हिंसात्मक र आपराधिक कार्य गरेका कारण प्रतिबन्ध लगाइएको बताइन् । 

प्रहरी जारी गरेको तथ्यांक अनुसार पक्राउ परेकामध्ये लगभग आधा ६० वर्षभन्दा माथिका छन् । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्दा दायर गर्ने कि नगर्ने निर्णय गर्न हप्तौँ लाग्ने बताएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्