राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८४ सालसम्म यही सत्ता समीकरण कायम रहने दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले सरकार ढल्छ भन्दै अस्थिरताको पक्षपोषण के लागि भन्दै प्रश्न गरे ।
“सरकार नढलेपछि त्यति रुची छैन, सरकारतिर हाम्रो भन्न पनि भ्याइहाल्ने । त्यस्तो अस्थिरताको पक्षपोषण केका लागि हो ? देशका लागि ? राजनीतिक स्थिरतका लागि त पक्कै होइन, हुन सक्दैन,” ओलीले भने ।
उनले ०४८ सम्म जाने गरी नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति भएको बताए । “अस्थिरताको जतिसुकै चाहना राखे पनि ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अघि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ,” उनले भने ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ १४:१७
प्रतिक्रिया दिनुहोस्