site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन : अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले तीन नेताहरूका विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

ठूला राजनीतिक दलका शीर्ष तीन नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध बोल्नै नहुने स्थिति आएको बताए । उनले तीन शीर्ष नेताको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल, कोही रवि लामिछाने र कोही रेशम चौधरी हुने उनको टिप्पणी छ । 

"अहिले तीनजनाको विरुद्धमा बोल्यो भने त्यसको खैरियत छैन । तीनवटा ठूला पार्टीका जुन तीन टाउका छन् । बोल्यो भने त्यसलाई कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ । कति होलान्, होलान् । कोही रेशम चौधरी हुन्छ, कोही रवि लामिछाने हुन्छ । त्यसको दर्जनौँ फेहरिस्त गराउन सकिन्छ । साइबर सेक्युरिटीले त्यसमा एउटा इँट्टा थप्ने काम गर्दछ," उनले भने । 

सरकार शिक्षा, सञ्चार, स्वास्थ्यको विकासमा लाग्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्