site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामकुमारी झाँक्रीले पठाइन् आत्मालोचना प्रस्ताव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पठाएकी छन् । शुक्रबारको सचिवालय बैठकले झाँक्रीसँग छलफल गर्ने निर्णय गरेको छ ।

“पार्टीमा आत्मालोचना प्रस्ताव पेस गर्नुभएको छ । भविष्यमा यस्ता कमजोरी नगर्ने महसुस गर्नुभएको छ । त्यसकारण उहासँग छलफल गरेर टुंग्याउने निर्णय भएको छ,” प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने । 

झाँक्रीले अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका कारण पार्टीले स्पष्टीकरण सोधेको थियो । उनले सिनो काँधमा हालेर हिँड्न नसकिने अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्