site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतका विदेशसचिव आइतबार आउँदै

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका निम्ति आइतबार (भदौ १) काठमाडौं आइपुग्ने भएका छन् ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै ‘कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यहाँ रहँदा भारतका विदेशसचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । उनी सोमबार (भदौ २) काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ । रासस
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्