राजनीति
काठमाडौं । सत्तासाझेदार दुई दलका सांसदहरूलाई मंगलबार (भदौ ३) सिंहदरबारमा बोलाइएको छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सांसदलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ ।
दोस्रो ठूलो तथा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसदलाई पनि मंगलबारै सिंहदरबारमा बोलाइएको छ । उनीहरूलाई पनि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको हो ।
दुवै दलका सांसदले आफूहरूलाई सिंहदरबारमा बोलाइएको बाह्रखरीसित बताएका छन् । यसबारे विस्तृत जानकारी गराइएको छैन ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ १०:३५
प्रतिक्रिया दिनुहोस्