राजनीति
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद् निरीह थलो बनेको टिप्पणी गरेकी छन् । बिहीबार काठमाडौंमा मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन गठित समितिको सम्पर्क कार्यालय उद्घाटन समारोहमा भण्डारीले संसद्को ध्यान कानुन निर्माणमा जान नसकेको बताइन् ।
भण्डारीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई निलम्बन गरिएकोप्रति आपत्तिसमेत जनाइन् । उनले आरोप लागेकै भरमा निलम्बन गर्न नहुने बताइन् ।
"आरोप लगायो भन्दैमा निलम्बन हुने कहाँको लोकतन्त्र हो ? संसद्का ठूलै दलका नेता निलम्बनको यात्रा भोगिरहेका छन्," उनले भने ।
अर्को प्रसंगमा उनले 'खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउकोले टेकेको' टिप्पणी गरिन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्