site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालको वर्तमान राजनीतिक अवस्था गहिरो संकटमा : राष्ट्रिय मुक्ति पार्टी

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले नेपालको वर्तमान राजनीतिक अवस्था गहिरो संकट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको स्थितिमा पुगेको ठहर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृृत्वको एमाले–कांग्रेस गठबन्धन सरकारले सत्ता केन्द्रीकरण, भ्रष्टाचार र निरंकुशलाई बढावा दिएको पार्टीको निष्कर्ष छ । 

काठमाडौंको शान्तिनगरस्थित पार्टी कार्यालयमा बसेको उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको सात दिन चलेको बैठकले समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ । 

बैठकको निणय सार्वजनिक गर्दै पार्टी प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अबको औपनिवेशिक मुक्तिका सवाल राजनीतिक स्वतन्त्रता मात्र होइन, सामाजिक–आर्थिक–सांस्कृतिक पुनर्स्थापनाको लहर चलेको छ जसले ज्ञान एवं मनोवैज्ञानिक औपनिवेशबाट समेत मुक्त गराउनेछ । 

पार्टीले सबै उत्पीडित समुदायहरू (मधेसी, थारु लिम्बु, खम्बु, तामाङ, मगर, तमु, खस, नेवाः, दलित, मुस्लिम, पिछडावर्ग लगायत आदिवासी) लाई एकताबद्ध गरी बहुल–राष्ट्रिय राज्यय निर्माणको एजेण्डा अगाडि बढाएको जनाएको छ । यस्तै सबै उत्पीडित समुदायहरूको एकता अनिवार्य रहेको पनि उक्त दलको ठहर छ । 

मुकुमलुङमा केवलकार निर्माणकार्य पूर्णतय रोक्न, धार्केको सडक विस्तारसम्बन्धी समस्याको समाधान र सप्तरीको राजविराजमा लामो समयदेखि जारी बिटौरीसम्बन्धी जग्गाको समस्या समाधान गर्न बैठकले सरकारसँग माग समेत गरेको छ ।  

राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच साउन २९ गते भएको एकताउन्मुख कार्यगत एकतालाई बैठकले अनुमोदन गरेको छ ।  साउन ३१ गते सुरु बैठक शुक्रबार सम्पन्न भएको हो ।  

 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्