site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमा आज छलफल

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आइतबार (भदौ ८) बस्दै छ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ ।

सिंहदबारस्थित समितिको सभाकक्षमा बिहान साढे ११ बजे बैठक बस्ने तय छ । उक्त विधेयक, ०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो । विधेयकमाथि ०८१ फाुगन ४ गते सामान्य छलफल गरिएको थियो । सोही दिन नै समितिमा दफावार छलफलका निम्ति पठाइएको थियो ।

जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका निम्ति प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्दतिको प्रयोगद्वारा प्रमाणको संकलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायत व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०५:३९
प्रतिक्रिया दिनुहोस्