काठमाडौं । भारतबाट पोस्टल (डाक) सेवामार्फत अमेरिकाका जाने सिपमेन्टहरू अगस्ट २५ देखि निलम्बन गरिएको भारतको केन्द्रीय सञ्चार मन्त्रालयले शनिबार जानकारी दिएको छ ।
हवाई क्यारियरहरूले अमेरिकाको भन्सार नियममा गरिएको परिवर्तनका कारण त्यहाँ सिपमेन्ट लैजान अस्वीकार गरेपछि यो कदम चालिएको हो । किनभने, अमेरिकी भन्सार विभागले हालसालै जारी गरेका नयाँ नियमबारे स्पष्टता छैन ।
यद्यपि, चिठीपत्र, कागजात र १०० अमेरिकी डलरसम्मको मूल्यका उपहार वस्तुहरूका निम्ति डाक सेवा जारी रहनेछ ।
अमेरिकी प्रशासनले सन् २०२५ जुलाई ३० मा एक कार्यकारी आदेश जारी गरेको थियो । त्यसमा अगस्ट २९ देखि ८०० अमेरिकी डलर मूल्यसम्मका वस्तुहरूमा लागु हुने करमुक्त छुट फिर्ता लिइने जनाइएको छ । यसको अर्थ यी वस्तुहरू अब भन्सार करको दायरामा पर्नेछन् ।
यो कार्यकारी आदेशानुसार, अन्तर्राष्ट्रिय डाक सञ्जालमार्फत सिपमेन्ट पुर्याउने यातायात क्यारियरहरूले डाक सिपमेन्टमा भन्सार कर संकलन र जम्मा गर्नुपर्ने अनिवार्य गरिएको छ ।