site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेलसँग भियतनामकी उपराष्ट्रपतिले गरिन् शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन्ह जुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छन् । भेटवार्ता सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको थियो । 

“सो अवसरमा नेपाल र भियतनामबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भयो,” राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । 

नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा भियतनामकी उपराष्ट्रपति शनिबार काठमाडौं आएकी थिइन् । उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणमा नेपाल आएकी हुन् । 

आइतबार उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति जुअनबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । 
उनीसँग प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले आइतबार भेट गरेका थिए । उनको आज (सोमबार) स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्