site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसतर्फका मन्त्री हेरफेर हुने कुनै सम्भावना छैन : सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद् तत्काल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् ।

नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा मंगलबार (भदौ १०) काठमाडौंको शोभाभगवतीस्थित सालिकमा माल्यार्पण गर्दै उनले मन्त्रिपरिषद् हेरफेरको चर्चा चलेको उल्लेख गरे । तर, नेपाली कांग्रेसतर्फका मन्त्री हेरफेर हुने कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे ।

उनले संख्याका आधारमा वर्तमान सरकार बलियो अवस्थामा रहेको बताए । सरकार पूरै अवधि चल्ने उनले जिकिर गरे ।

मुलुकमा स्थायित्वका साथै आवश्यकताअनुसार संविधान संशोधनका निम्ति ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको उनले बताए । सरकार गठनको समयमा गरिएको सहमतिलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने उनको भनाइ थियो ।

उनले मंगलादेवीलगायत अग्रजले गरेको त्यागका कारण हाल महिला अधिकार स्थापित हुँदै गएको बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्