राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने एमालेका मुख्यसचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्रीले भदौ १४–१८ गतेको चीन भ्रमणबारे पनि जानकारी गराउनेछन् ।
“भोलिको बैठकमा प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ । चीन भ्रमणको जानकारी पनि गराउनुहुनेछ,” बर्तौलाले भने ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ १७:०६
प्रतिक्रिया दिनुहोस्