site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा, निजामती, संवैधानिक परिषद्सहितका विधेयक पारित गर्ने क्यालेन्डर बनाइयो

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार (भदौ १३) पछि चार दिन बस्ने गरी क्यालेन्डर बनाइएको छ । सभामुख देवराज घिमिरे र पाँच दलका प्रमुख सचेतकहरूको बैठकले भदौ १८, २५, २६ र २७ गते प्रतिनिधिसभा बैठक बस्ने गरी क्यालेन्डर तय गरेको हो । 

शुक्रबारको बैठकबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक छलफल र पारितको कार्यसूची तय भएको छ । त्यस्तै, नेपाल नागरिकता (दोस्रो संशोधन)का सम्बन्धमा राष्ट्रियसभाको सन्देश टेबल गर्ने कार्यसूची छ । बाँकी चार वटा बैठकमा विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने गरी क्यालेन्डर तय भएको छ ।

“विद्यालय शिक्षा, निजामती, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने गरी क्यालेन्डर बनाएका छौँ,” एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्