site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेलक्षित माधवको टिप्पणी : मान्छेहरू गहभरी आँसु बोकेर झार्ने ठाउँ खोज्दै छन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिस्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । 

एमालेलाई लक्षित गर्दै उनले भने, “त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेका छन् ।” एमालेभित्र रहेका मानिसहरूले भोगिरहेको र आफूहरू समेत तमासा हेरेर बसिरहेको उनको टिप्पणी छ । आफूहरूले सुरु गरेको कम्युनिस्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानुन निर्माणमा तीव्रता दिन नसक्नुको मुख्य दोषी ओली भएको उनको आरोप छ । 

एमाले नेतृत्व पूर्वसहयोगीमाथि बदला लिन उद्धत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गरे । उनले कम्युनिस्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गरे ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्