site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपातर्फका प्रारम्भिक उमेदवारले भेट्दै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट रुपन्देही क्षेत्र नम्बर–३ मा उमेदवारका आकांक्षीले सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । पार्टी सभापति लामिछानेलाई भेट्न आज (भदौ १५) बिहान ११ बजे उनीहरू ललितपुरको नक्खु कारागार पुग्नेछन् ।

आउँदो कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनका निम्ति रास्वपाका तर्फबाट नौजना प्रतिस्पर्धामा छन् । उनीहरूले लामिछानेलाई भेट्न लागेका रविको सचिवालयले जनाएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् ।

यसै दिन नौजनामध्येबाट रास्वपाले रुपन्देही–३ को उमेदवार घोषणा गर्ने तय छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्