site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनका पूर्वसभामुख एन्ड्री पारुबीको हत्या
एन्ड्री पारुबी । फाइल तस्बिर ।

काठमाडौं । युक्रेनका पूर्वसंसद् अध्यक्ष तथा नेता एन्ड्री पारुबीको हत्या गरिएको छ । लभिभ सहरमा गोली हानेर उनको हत्या गरिएको युक्रेनी अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ ।

पश्चिमी युक्रेनको लभिभमा शनिबार दिउँसो गोली चलेको सूचना प्राप्त भएको प्रहरील्े जनाएको छ । ई–बाइकमा आएका एक आक्रमणकारीले पारुबीमाथि धेरै गोली प्रहार गरी फरार भएका प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

५४ वर्षीय पारुबी सन् २०१४ मा भएको आन्दोलनका क्रममा एक प्रमुख नेताका रूपमा उदाएका थिए । उक्त आन्दोलनले युरोपेली संघसँग निकट सम्बन्धको वकालत गरेको थियो । त्यसपछि नै रुस समर्थक तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताबाट हट्न बाध्य पारिएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो घटनालाई निर्मम हत्या भन्दै शोक व्यक्त गरेका छन् । उनले पारुबीको परिवार र समर्थकप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

हालसम्म यो हमलाको पछाडि को थिए भन्ने स्पष्ट भइसकेको छैन ।
 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्