site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीनमा प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको भ्रमण (तस्बिरहरू)
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (भदौ १५) जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । उनलाई उक्त क्षेत्रबारे त्यहाँका अधिकारीहरूले जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली शनिबार (भदौ १४) दिउँसो उत्तरी चीनको सहर तियानजिन पुगेका हुन् । शनिबारै तियानजिन अतिथिगृहमा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुईपक्षीय भेटवार्ता भएको थियो ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।

धान उत्पादन विशेष क्षेत्रको भ्रमणका तस्बिर हेर्नोस्–

v1-(5)-1756614234.jpg

v1-(3)-1756614233.jpg

v1-(4)-1756614233.jpg

v1-(2)-1756614232.jpg

v1-(1)-1756614232.jpg

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्