site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मानिसको बुझाइमा विकासको बाधक वन मन्त्रालय भयो : सांसद महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रकुमार महतोले आममानिसको बुझाइमा विकासको बाधक वन तथा वातावरण मन्त्रालय रहेको भन्ने परेको बताएका छन् । आइतबार (भदौ १५) बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्याबारे छलफल गरिएको छ । वन मन्त्रालयमाथिको यो भ्रमलाई चिर्न सक्नुपर्नेमा सांसद महतोले जोड दिए ।

“...वन मन्त्रालय हुन्जेलसम्म नेपालमा कुनै पनि समृद्धि हुँदैन भन्ने कुराचाहिँ आममानिसको बुझाइमा आइसकेको छ,” उनले भने, “यो कुरालाई हामीले चिर्न सक्नुपर्छ । नत्र भने झनु आक्रोशचाहिँ बढ्दै गइरहेको मैले बुझेको छु ।”

मुलुक समृद्ध बनाउन पछिल्लो समय हाइड्रोपावरमा लगानी बढाउने क्रम बढेको उनले उल्लेख गरे । त्यसमा वन मन्त्रालयले सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

उनले हाल धेरै लगानी गरिएका, लाइसेन्स पाइसकेर काम अगाडि बढाइएका जलविद्युत् आयोजनाका काम रोकिएको अवस्थामा रहेको बताए ।

वन मन्त्रालयले यसमा केही सहज गरिदिन खोजे एनजीओ, आईएनजीओमार्फत जनजीवन धानिरहेकाले मुद्दा हालिदिने चलन रहेको उनले आरोप लगाए । मुद्दा परेपछि वन मन्त्रालयले पनि काम ठप्प पारेर बस्ने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्