काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी छ । काठमाडौंको होटेल यल्लो प्यागोडामा केहीबेरअघि बैठक सुरु भएको पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका स्वकीयसचिव भक्त चलाउनेले जानकारी दिए ।
बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पालिका प्रमुख र उप–प्रमुखलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको थियो । बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोग अद्यावधिलगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठकको ब्यानरमा पार्टी संरक्षक रेशमलाल चौधरीको तस्बिर राखिए पनि औपचारिक जानकारी भने गराइएको छैन । बाह्रखरीसित चौधरीले भने, “मलाई औपचारिक जानकारी केही छैन, मैले पनि सामाजिक सञ्जाल र मिडियाबाटै यो कुरा थाहा पाएको हो ।”