site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पालिकामाथिका सबै जनप्रतिनिधिलाई कार्यसमितिमा समेट्ने नाउपाको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पालिकामाथिका सबै जनप्रतिनिधिलाई केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णय गरेको छ । 

काठमाडौंको एक होटेलमा आइतबार र सोमबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले पालिकामाथिका सबै जनप्रतिनिधिलाई केन्द्रीय कार्यसमितिका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको हो । 

बैठकमा सहभागी लुम्बिनी प्रदेश सांसद समेत रहेका नागरिक उन्मुक्ति पार्टीका नेता धर्र्मबहादुर चौधरीले भने, “हिजो र आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न विषयमा छलफल भयो । समसामयिक राजनीतिक विषय, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोग अद्यावधिलगायत विषय समेटिएकोे थियो ।” 

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले बैठकबारे औपचारिक जानकारी नगराएको भन्दै सबै खालको सम्बन्ध समाप्त भएको घोषणा संरक्षक रेशमलाल चौधरीले गरेका थिए ।

पार्टी संरक्षक चौधरीलाई राज्यले नै बन्देज गरेको नागरिक उन्मुक्ति पार्टीको निष्कर्ष छ । पार्टीको निर्णय संरक्षक चौधरीलाई बुझाउने पनि उनले बताए । 

 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्