site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे सोमबार (भदौ १६) कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानी लगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्