राजनीति
काठमाडौं । मनाङ १ (२)को उपनिर्वाचनका लागि असोज २१ गते उमेदवारी दर्ता हुने भएको छ । असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोही दिनको ५–७ बजेसम्म उमेदवारको सूचना प्रकाशन गरिनेछ । उमेदवारको अन्तिम नामावली असोज २४ गते प्रकाशन गर्ने कार्यक्रम आयोगले तय गरेको छ । असोज २४ नै उमेदवारलाई चुनाव चिह्न दिने जनाइएको छ । कार्तिक १७ गते प्रदेशसभा निर्वाचन हुन लागेको हो ।
यस्तो छ निर्वाचन तालिका
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ १७:३५
प्रतिक्रिया दिनुहोस्