site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भाषा अध्ययन गर्न कोसी सरकारले कार्यदल बनाउने

विराटनगर । कामकाजकाे भाषासम्बन्धी विभिन्न भाषाभाषीबाट माग उठेपछि तिनको अध्ययन गर्न कोसी सरकारले कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस कोसी संसदीय दलका नेता उद्धव थापाले कार्यदल बनाएर अघि बढ्ने तयारी भएको जानकारी दिएका छन् । उनले भने, ‘‘विभिन्न भाषाभाषीले आफूहरूलाई समेत समेट्न माग गरेकोले त्यससम्बन्धी अध्ययन गर्न कार्यदल बनाउन लागिएको हो ।’’

कोसी प्रदेशमा भाषासम्बन्धी विधेयक दफाबार छलफलको लागि सामाजिक विकास समितिमा पठाइएको छ । लिम्बू र मैथिली भाषालाई प्रदेश कामकाजको भाषा बनाउने तयारीसहित सरकारले प्रदेशसभामा विधेयक पेस गरेको थियो । यसअघि भाषासम्बन्धी गैरसरकारी विधेयक सभाबाट अस्वीकृत भएको थियो । भाषा विधेयक सभामा पेस हुनासाथ थारु र राई बान्तवा भाषाभाषीले समेत ती भाषा समेट्नु पर्ने माग गरेका छन् ।

नेता थापाका अनुसार, भाषा आयोगले सिफारिस गरेमध्ये सबैभन्दा धेरै जनसंख्याले बोल्ने आधारमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउन लागिएको बताए । उनले अन्य भाषालाई स्थानीय रुपका के कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा समेत अध्ययन हुने जानकारी दिए । 

 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्