site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध
फाइल तस्बिर ।

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार, बिहीबार दिउँसो २–४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उमेदवारी परेको छ । 

राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । जसमा खतिवडाले उमेदवारी दिएका हुन् । 

निजामती विधेयकमा कुलिङ अफ पिरियड प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनपछि खतिवडाले राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्