काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार (भदौ २२) उनले भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको देहायबमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयक ऐनमा परिणत भएको छ । ऐनमा मिति नतोकिएको अवस्थामा प्रमाणीकरणसँगै कार्यान्वयमा आउनेछ ।