site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीको तस्बिर जलाइयो, एमाले कार्यालयतर्फ लागे प्रदर्शनकारी

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा मंगलबार (भदौ २४) बिहान प्रदर्शन गरिएको छ । चोकचोकमा टायर बालेर प्रदर्शन गरिएको हो ।

सातदोबाटो, लगनखेल, कुमारीपाटीलगायत स्थानमा प्रदर्शन गरिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाइएको छ ।

प्रदर्शनकारीले प्रधानमन्त्रीविरुद्ध नारा लगाइरहेका छन् । प्रदर्शनकारी नेकपा (एमाले)को पार्टी कार्यालयतर्फ अघि बढेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्