site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक सञ्जाल निष्क्रियविरुद्धका आठै रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयविरुद्धका सबै रिट दर्ता गर्न आदेश दिएको छ । मंगलबार (भदौ २४) न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयविरुद्धका आठै रिट दर्ता गरी नियमानुसार पेसीमा चढाउन आदेश जारी गरेको हो ।

यही भदौ १९ गते सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो । त्यसपछि भदौ २० गते ती रिट सर्वोच्चमा दायर गरिएको थियो ।

तर, ती सबै रिट निवेदन सर्वोच्चको आदेशविपरीत रहेको भन्दै रजिस्ट्रार मानबहादुर कार्कीले दरपिठ गरिदिएका थिए । दरपिठविरुद्धको सबै निवेदनमा संयुक्त सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले उक्त आदेश खारेज गरिदिएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्