राजनीति
विराटनगर । ‘जेनजी’ पुस्ताको प्रदर्शन चर्कंदै जाँदा मोरङको विराटनगरमा पनि स्थिति तनावग्रस्त बनेको छ । नेकपा (एमाले) मोरङको कार्यालयमा आगजनी गरिएको छ ।
प्रदर्शनमा सहभागी एक समूह विराटनगरको पाञ्चालीस्थित एमाले मोरङ कार्यालयमा जबरजस्ती प्रवेश गरी तोडफोडपछि आगजनी गरेको हो । भीडले कार्यालयको केही भागमा पेट्रोल छर्केर आगो लगाएको देखिएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिन दमकल र प्रहरी परिचालन गरिएको छ । तर, अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको छैन ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्