राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार (भदौ २४) ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् ।
ठूलो संख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए ।
सहकारी ठगीसम्बन्धी अभियोगमा उनी उक्त कारागारमा थुनामा थिए । रासस
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १५:५५
प्रतिक्रिया दिनुहोस्