काठमाडौं । काठमाडौंका केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पानीपोखरी, सुन्दरीजल, धापड्याम, साँखुलगायत स्थानमा हल्का वर्षा भइरहेको छ ।
“हिउँसोसम्म काठमाडौंमा मध्यम वर्षा हुनसक्छ । तर, भारी वर्षाको सम्भावना छैन,” मौसमविद् डेविड ढकालले भने । उनका अनुसार काठमाडौंमा तत्काल भारी वर्षा हुने सम्भावना छैन । “काठमाडौं तत्काल भारी वर्षा हुने सम्भावना छैन,” मौसमविद् ढकालले भने, “अझै तीन दिन काठमाडौंमा भारी वर्षाको सम्भावना देखिएको छैन ।”
आज राति वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने ठूलो पानी पर्ने छैन ।
राति मधेस, कोसी, वाग्मती प्रदेशका तराई र पहाडी भूभागका साथै गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।