राजनीति
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
“म सम्बन्धित अधिकारीहरूलाई मानवअधिकार कानुनको पालना गर्न आह्वान गर्दछु,” राष्ट्रसंघका महासचिवले भनेका छन्, “जीवन र सम्पत्तिको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्छ ।”
उनले हिंसा थप बढ्नबाट रोक्नका निम्ति गहन अनुसन्धान, संयम र रचनात्मक बाटो निर्माणलाई संवाद गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १०:३९
प्रतिक्रिया दिनुहोस्