site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको आठबुँदे वक्तव्य : पहलकमदी लिन राष्ट्रपतिलाई ध्यानाकर्षण (पूर्णपाठ)
शंकर पोखरेल । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ ।

पार्टी सचिवालयका तर्फबाट बिहीबार (भदौ २६) महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै युवापुस्ताका सरोकार सम्बोधन गरिनुपर्ने उल्लेख गरेका छन् । उनले सार्थक संवाद थाल्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानकर्षण गराएका छन् ।

“प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवापुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ,” वक्तव्यमा भनिएको छ, “यसका लागि संविधानका मर्मअनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ ।”

एमालेले विषम परिस्थितिमा संघीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका निम्ति रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।

“स्थानीय तहहरूले निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ,” वक्तव्यमा भनिएको छ ।

आठबुँदे वक्तव्यमा वर्तमान प्रतिकूल अवस्था सहज हुँदै जाने विश्वास व्यक्त गरिएको छ ।

वक्तव्यको पूर्णपाठ पढ्नोस्–

b1-1757577989.jpgb2-1757577989.jpgb3-1757577990.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्