काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्व गर्र्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गरिनु सकारात्मक भएको बताएका छन् । शुक्रबार (भदौ २७) एक वक्तव्य जारी गर्दैै उनले कार्कीलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्र्ने धारणा व्यक्त गरेका छन् ।
वक्तव्यमा उनले लेखेका छन्, “वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनुपर्र्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्न उपयुक्त हुन्छ ।”
उनले अगाडि भनेका छन्, “यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिर भने कत्ति पनि मेल खाँदैन ।”
वक्तव्यमा थप भनिएको छ, “त्यति बेला विद्यमान अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा कतिपय निर्र्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी)बीचको सहमति बुझ्नुपर्र्छ भनेर स्पष्टीकरण समेत त्यहीँ राखिएको थियो ।”
हाल निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान भएकाले यसमा त्यस्तो प्रावधान नभएको पनि उनले स्पष्ट पारेका छन् । उनले ‘जेनजी’ले यसबारे संवेदनशील भएर सोच्नुपर्नेमा जोड दिएका छन् ।