राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
मानवअधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।
“सम्माननीय राष्ट्रपतिबाट मानवअधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास रहेको छ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार (भदौ २७) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान परिस्थितिका विषयमा अरू सरोकारवाला पक्षसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ १२:५४
प्रतिक्रिया दिनुहोस्