site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री कार्यालयको व्यवस्थापन थालियो (भिडियोसहित)

काठमाडौं । नयाँ सरकार गठनको तयारीसँगै अब बन्ने प्रधानमन्त्री (अन्तरिम सरकारको प्रमुख)को कार्यकक्षको व्यवस्थापन सुरु गरिएको छ । ‘जेनजी’को प्रदर्शनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन थालिएको हो ।

तत्कालका निम्ति सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गर्न लागिएको छ । त्यसनिम्ति आवश्यक सामानको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ ।

सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो । प्रदर्शनकारीले गरेको आगजनीबाट उक्त भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नयाँको खोजी गरिएको हो । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्