site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेतृत्व प्रेरणादायी बन्न सकोस् : इन्दिरा राना
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रथम महिला प्रधानमन्त्री शुशीला कार्कीलाई बधाई दिँदै मुलुकलाई नयाँ ऊर्जा दिने बताएकी छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले नेपालको समृद्धि र समानतामूलक समाज निर्माणमा कार्कीको नेतृत्व प्रेरणादायी बन्न सकोस् भन्दै शुभकामना दिएकी हुन् ।

“नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकोमा पूर्वसम्माननीय प्रधानन्याधीश सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछु,” रानाले भनेकी छन् ।

नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तिकरणका लागि लामो समयसम्म गरेको संघर्ष, इमानदारिता र निष्पक्ष योगदानको हार्दिकताका साथ प्रशंसा गरिन् । यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको उनको ठम्याइ छ । 

“महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईंको कार्यकाल ऐतिहासिक सावित हुने विश्वास लिएको छु । संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशीता, न्याय र सुशासनका सवालमा तपाईँको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु,” उनले विज्ञप्तिमा भनेकी छन् ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २३:०९
प्रतिक्रिया दिनुहोस्