काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका निम्ति निर्धारित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार (भदौ २८) एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् ।
राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, “देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्नपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।” रासस