site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेतृत्व र संगठनमा पुनर्गठनको खाँचो छ : सुरेन्द्र पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अब राजनीतिक दलका नेता– कार्यकर्ताले नयाँ सिराबाट सोच्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाले राजनीतिक पार्टीहरूका अवस्था समेत गम्भीर बन्न पुगेको उल्लेख गरेका छन् । 

“हालको राजनीतिक परिघटना र तनावग्रस्त अवस्थामा सबै राजनीतिक पार्टीहरूका अवस्था समेत गम्भीर बन्न पुगेको छ । यो संकटको अवस्थामा सर्वसाधारणहरू, कार्यकर्ता तथा नेताहरूले धैर्यधारण गरी अगाडि बढ्नु आवश्यक छ,” उनले भनेका छन् । 

पाण्डेले नेतृत्व र संगठनको पुनर्गठनको खाँचौ औँल्याएका छन् । “यो नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरूले आफूलाई आफ्नो कार्यको मूल्यांकन गर्न, सही मार्ग पहिल्याउन र मुलुकमा राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिको लागि के उपायहरू छन् भन्ने बारेमा नयाँ सिराबाट सोच्नु आवश्यक छ । समयले नेतृत्व र संगठनहरूमा व्यापक पुनर्गठनको खाँचोलाई औँल्याएको छ,” उनले लेखेका छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्