site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
कार्टुन मुभीको झण्डा नेपाली युवा आन्दोलनमा, पश्चिमी मिडियामा तरङ्ग

नेपालके जेन-जी आन्दोलनमा पछिल्लो समय देखिएको एउटा अनौठो झण्डाले धेरैलाई चकित पारेको छ। कालो रङको त्यो झण्डामा टोपी लगाएको खोपडी बनेको छ, जसलाई धेरैले बुझ्न सकिरहेका छैनन्। तर यो झण्डा जापानी एनिमेशन मुभी “वन पिस” बाट आएको हो, जसलाई स्ट्र’ ह्याट पाइरेट्स को “जली रोजर” भनिन्छ। यो एनिमेमा मुख्य पात्र लुफी र उसका साथीहरूले भ्रष्ट सरकार, अन्याय गर्ने शक्तिशाली शासक र अत्याचारविरुद्ध लगातार संघर्ष गर्छन्। उनीहरूको सपना स्वतन्त्रता हो, आफ्नो बाटो आफैं बनाउन पाउने अधिकार हो, र कुनै पनि निराशाले रोकिनु हुँदैन भन्ने विश्वास हो।

यही कारणले गर्दा यो झण्डा आज कार्टुन मुभी एनिमेभन्दा बाहिर निस्केर वास्तविक जीवनका आन्दोलनमा देखा पर्न थालेको छ। नेपालमा प्रयोग भएको दृश्यहरू पश्चिमी मिडियाले पनि देखेका छन् र यसलाई विशेष ध्यान दिइएको छ। अमेरिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेपालको आन्दोलनमा यस्तो झण्डा देखिनु अत्यन्तै रोचक भएको भन्दै प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा, यो केवल कार्टुनको प्रतीक होइन, बरु नयाँ पुस्ताले आफ्नो असन्तुष्टि व्यक्त गर्ने नयाँ भाषा हो।

नेपालमा झण्डा बोकेर सडकमा निस्किएका युवाहरू आफैंलाई “स्ट्र’ ह्याट” जस्तै देख्छन्, जसले कठिन परिस्थितिमा पनि साहसपूर्वक लड्छ। उनीहरूले परम्परागत राजनीतिक नारा भन्दा फरक तरिकाले विद्रोह देखाएका छन्, जसले सन्देश दिएको छ कि नयाँ पुस्ता अब पप–कल्चरमार्फत पनि प्रतिरोध गर्छ। यसरी “वन पिस”को यो झण्डा केवल काल्पनिक संसारमा सीमित रहेन, बरु स्वतन्त्रता, विद्रोह र आशाको वास्तविक सांस्कृतिक प्रतीक बनेर नेपालको सडकमा फहरिन थालेको छ।#फरक_सोच #GenZ #Nepal

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्